INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवास नपा-५ मा बसोबास गर्दै आइरहेका २२ वर्षीय सद्रे आलमलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई गत साउन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित आलमलाई फलेवास नगरपालिकाबाट नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, पर्वतमा मङ्सिर १५ गते नै गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो