१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावुलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित बालिकाकी आमाले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय पकलीमा मङ्सिर १३ गते उजुरी दिएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।