INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङसिर ११ गते स्र्वगद्वारी नगरपालिका–९ का ३६ वर्षीय दिपक कामीलाई आठ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आठ वर्ष कैद र ३० हजार रुपिँया क्षतिपूर्तिको  फैसला गरेको जिल्ला अदालतले जनायो ।

पीडित महिलालाई आरोपितले ०७५ साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन ४ गते गिरफ्तार गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा साउन ४ गते गरिएको थियो ।

अन्य

भिडियो