१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला चन्द्रकोट गाँउपालिका–९ घरभई बुटवल उमनपा–११ बस्ने ३६ वर्षीय मनु बगालेलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।