INSEC Online

📅 २०८३ जेष्ठ २१

जीर्ण भवनमा जोखिम मोल्दै पुरूष बन्दीहरू

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०७० सालबाट पुरूष बन्दी गृहको निर्माणको काम सुरू भएपनि हालसम्म निर्माण कार्यले पुर्णता पाउन सकेको छैन ।

१९८३ सालमा निर्माण गरिएको कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्किने अवस्थामा रहेका छन् । ०७२ साल वैशाखको भुकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरी बन्दीहरूलाई राखिएको छ । अन्य भवनहरू समेत निकै जीर्ण भएकाले दलिनमा टेको लगाएर राखिएको छ ।

‘ग’ श्रेणीको कारागारको क्षमता ३ सय जना रहेको भएपनि कैद तोकिएका र नतोकिएका गरी २ सय ११ जना पुरूष र ५४ जना महिला रहेका छन् । त्यस्तै दुई जना बालक आश्रति रहेका छन् ।

महिला कैदी बन्दीहरूलाई पाँच वर्षअघि नयाँ भवनमा सारिएको छ भने भवन निर्माणमा ढिलाइ हुँदा पुरूष कैदी बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएको कारागारका प्रमुख भक्तिसरा रानाले बताइन् ।

बन्दी गृह निर्माणको लागि बिरूवा सुन्दरी गोरखा जेभीले ०६८ असार १६ गते सम्झौता गरी २०७० वैशाख १६ गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने सहमति गरेपनि बन्दी गृह निर्माणको काम तीन पटक म्याद थपिँदापनि अहिलेसम्म ९० प्रतिशत मात्रै काम सकिएको कारागार प्रमुख रानाले बताइन् ।

अन्य

भिडियो