INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनिल स्मृति गाउँपालिका–५ की ४२ वर्षीया त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईन्द्रबहादुर घर्ती मगरलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवाद हुँदा मङ्सिर ५ गते पत्नीलाई बन्चरो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम मङ्सिर ६ गते जिल्ला अस्पताल रेउघामा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि दिपक खड्काले बताए ।

अन्य

भिडियो