INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सुनवर्षी नगरपालिका–५ का ५८ वर्षीय राजेन्द्र शर्मालाई जिल्ला अदालतले मङ्सिर ६ गते पाँच वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको  इजलासले  शर्मालाई कैदसँगै २० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने गरी क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार इश्वरमणी ओझाले बताए ।

पीडित महिलालाई शर्माले गत वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अघि बढाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो