INSEC Online

📅 २०८३ जेष्ठ २१

प्यूठानमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय प्यूठानद्वारा ०८२ भदौ २५ गते अपरान्ह ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्का लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम प्यूठान जिल्लाको प्यूठान नगरपालिका १, २, ३, ४, ७ र ८ मा पर्ने मुख्य सडक र भित्री सडक तथा बजार क्षेत्र, मल्लरानी गाउँपालिका— ४ को सम्पूर्ण भू—भाग र दाग—प्यूठान—रोल्पा सडकको प्यूठान जिल्लामा पर्ने सडक खण्डको सम्पूर्ण राजमार्ग क्षेत्रमा कुनै प्रकारका भेला, जुलुस, सभा, बैठक, घेराउ र आवत जावत गर्न नपाउने गरी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा कर्फ्यु आदेश जारी गरिएको छ । भदौ २४ गते अपरान्ह ४ बजेदेखि लगाएको कर्फ्यु भदौ २५ गते बिहान ९ बजे देखि खोलिएको थियो ।

अन्य

भिडियो