जेनजी आन्दोलनको मौका पारि कपिलवस्तु कारागारका दुई ब्लकमा रहेका ४ सय ३५ जना कैदी बन्दी ०८२ भदौ २५ गते बिहान फरार भएका छन् । कारागारमा ४ सय ७० जना कैदीबन्दीमा अब ३५ जना मात्र रहेका छन् ।
कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा तोडफोड र आगजनी समेत गरेका छन् । आगजनीबाट केही क्षति भएको छ भने भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार कारागारमा ४ सय ७० जना कैदी बन्दी रहेको र जस मध्ये ३५ जना बाहेक अन्य सबै कैदी बन्दी फरार भएका छन् । अहिले करिब ५०, ६० जना फरार कैदी बन्दीलाई नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले आदेश उल्लङ्घन गरे गोली प्रहारसम्मको आदेश दिएका छौँ ।” यसै बिच जिल्ला सुरक्षा समिति कपिलवस्तुले भदौ २४ गते राति १० बजेबाट नेपाली सेना सहितको सुरक्षा गस्ती परिचालन गरेको बताउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाही हुने सूचना जारी गरेको बताउनु भयो ।