INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनकारीद्वारा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका- ११ देवीचोक स्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा २०८२ भदौ २३ गते जेनजीका आन्दोलनकारीहरूको समूहले तोडफोड गरेका छन्। कार्यालय बाहिर नाराबाजी गर्दै आएका आन्दोलनकारीहरूले कार्यालयका ढोका र भौतिक संरचनामा क्षति पुर्‍याएका हुन्।

५/६ सयको सङ्ख्यामा रहेका आन्दोलनकारीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै आयोगमा प्रवेश गर्न लागेको राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले बताउनुभयो।

Photo 2025-09-09 Dhanusha (1)

Photo 2025-09-09 Dhanusha (2)

अन्य

भिडियो