INSEC Online

📅 २०८३ जेष्ठ २१

धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

धनकुटा कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा उनीहरुको दैनिक जीवन कष्टकर भएको छ । उनीहरुलाई खान, बस्न र सुत्नसमेत निक्कै समस्या भएको छ ।

५० जना क्षमता भएको कारागारमा अहिले १ सय ७६ जना कैदीबन्दी राखिएको छ । जसमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा ६९ जना, बलात्कार मुद्दाका ६५ जना, लागु औषधमा ५० जना, चोरी डकैतीमा नौ जना र अन्य १३ जना गरी १ सय ६७ जना कैदीबन्दी राखिएको कारागार प्रशासनले जनाएको छ ।

हालको धनकुटा कारागार महिलाका लागि १५ र पुरुषका लागि ३५ जनाको क्षमताको छ । १५ जना महिला कैदीबन्दी क्षमताको कारागारमा हाल पाँच जना महिला कैदीबन्दी छन् ।

३५ जना पुरुष कैदीबन्दी राख्ने क्षमता भएपनि  कारागारमा १ सय ७१ जना पुरुष कैदीबन्दी राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि केही कैदीबन्दीको स्थानान्तरणको प्रक्रियापनि शुरु गरिएको जिल्ला कारागार धनकुटाका प्रमुख सन्दिप न्यौपानेले बताउनु भयो ।

यसअघि २५ जना क्षमताको पुरानो भवनमा पनि २०४५ सालदेखि नै क्षमताभन्दा बढी कैदीबन्दीहरुलाई जोखिमपूर्ण रूपमा राखिएको थियो । पुरानो भवन जीर्ण भएपछि ०८० साल माघमा सबै कैदीबन्दीलाई नयाँ भवनमा सारिएको थियो। तर नयाँ भवनमा पनि कैदीबन्दीको संख्या चार गुणाले बढी भएको छ ।

आपराधिक घटनाको प्रकृति फेरिएसँगै कैदीबन्दीको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो । उहाँले हालको कारागारको क्षमताले थेग्न नसक्ने अवस्था भएकाले सरकारले विकल्प खोज्नु पर्ने बेला भएको बताउनु भयो ।

अन्य

भिडियो