INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले बाटो अवरुद्ध हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित  

वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा छेडागाड नगरपालिका–१ हाडेगाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । कालिका माध्यामिक विद्यालय अध्ययरत ३६ जना बालबालिका ०८२ भदौ १४ गतेदेखि विद्यालय जानबाट वञ्चित भएको छेडागाड नगरपालिका–१ का स्थानीय गणेश प्रसाद जैसीले बताउनु भयो । नागरिकले आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध गरेपछि विद्यालय जाने बालबालिका र बिरामीलाई स्वास्थ्य संस्था जान समस्या भएको उहाँले बताउनु भयो ।

कालिका माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विपना आचार्यले पहिरोका कारण सडक अवरुद्ध भएपछि ६ दिनदेखि विद्यालय जान नपाएको गुनासो गर्नुभयो । अर्का कक्षा ८ मा अध्ययनरत कमलप्रसाद आचार्यले लगातार परेको पानीले ठाउँ–ठाउँमा पहिरोले गएपछि बाटो अवरुद्ध हुँदा विद्यालय जान नपाएको बताउनु भयो ।

छेडागाड नगरपालिका–१ का वडा अध्यक्ष रामबहादुर बुढाले लगातार पानी परेपछि पहिरो पन्छाउन समस्या भएको बताउनु भयो । स्थानीयबासीको सहयोगबाट एक–दुई दिनमा बाटो मर्मत गरी आउजाउमा सहजता बनाउने उहाँले बताउनु भयो।

अन्य

भिडियो