रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको ०८२ भदौ १८ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
अत्यधिक जरो आएपछि भदौ १८ गते साँझ जिल्ला अस्पताल इनरुवामा उपचारका लागि भर्ना गरिएका यादवको श्वासप्रश्वासमा समस्या देखिएको र उपचारकै क्रममा मृत्यु भएको क्षेत्रीय कारागार झुम्काका निमित्त जेलर राम निरौलाले बताउनु भयो ।
बलात्कार मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि यादव कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
पीडित पक्षले भदौ १९ गते शव बुझ्ने तयारी गरेको कारागार प्रशासनले जनाएको छ ।
झुम्का कारागारमा ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९८ जना कैदीबन्दी र थुनुवा राखिएको छ ।