१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका- ९ का ३८ वर्षीय देवनारायन श्रेष्ठलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ परीक्षण भदौ १७ गते पशुपति चौलागाईं प्रादेशिक अस्पताल, चरिकोटमा गरिएको छ ।