INSEC Online

📅 २०८३ जेष्ठ २१

चरित्र हत्या गरेको आरोपमा रास्वपाका नेता गिरफ्तार

सामाजिक सञ्जाल (ह्वास्टयाप र इमेल मार्फत) मार्फत अश्लिल शब्दहरु प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिका पाँडेलाई ०८२ भदौ ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले सामाजिक सञ्जाल मार्फत् अश्लिल शब्दहरु प्रयोग गरी चरित्र हत्या गरेको भन्दै एक महिलाले साउन १३ गते साइबर ब्यूरो भोटाहिटीमा निवेदन दिएकोमा ब्यूरोले भदौ ५ गते दर्ता गरेको थियो ।

आरोपितविरुद्ध जिल्ला अदालतबाट भदौ ५ गते पक्राउ पुर्जी जारी भएको थियो । आरोपित पाँडे भदौ ११ गते स्वयम् साइबर ब्यूरोमा उपस्थित भए पश्चात ब्यूरोले भदौ १२ गते जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला अदालतले भदौ १२ गते आरोपितलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

आरोपित पाँडे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ ।

अन्य

भिडियो