INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण   गरेको आरोपमा  प्रहरीले धनुषा जिल्ला हंसपुर नगरपालिका-८ का २८ वर्षीय रिजाउल नदाफलाई ०८२ भदौ  ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ  ४ गते   बाटोमा हिँडिरहेको अवस्थामा भङ्गहा नगरपालिका – ८ बाट  बाइकमा राखेर  बजारसम्म पुर्‍याइ दिन्छु भनी  जनकपुरतर्फ लैजान लाग्दा बालिका कराएपछि छोडेर भागेका थिए । आरोपित विरुद्ध बालिकाले भदौ ७ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी  दिएको डीएसपी शैलेन्द्र भट्टले बताउनु भयो  ।

अन्य

भिडियो