INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया, २८ वर्षीया र ३५ वर्षीया महिलाहरूलाई ललाइफकाई बेचबिखनका लागि भारत लैजाँदै गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गोरखा नगरपालिका–४ बस्ने २८ वर्षीय सरिता सिर्मललाई ०८२ भदौ ३ गते वीरगञ्जबाट गिरफ्तार गरेको छ ।

आरोपितले महिलाहरुलाई राम्रो काम लगाइदिने, राम्रो केटासँग विवाह गराइदिने, नयाँ–नयाँ लुगाकपडा किनिदिने जस्ता प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसार पसार कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताउनु भयो ।

अन्य

भिडियो