INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया र ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ घम्सारका ३५ वर्षीय कमलेश मल्लाहलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन २६ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ महिना कैद सजाय, ६ हजार रुपियाँ जरिबाना, प्रतिवादीबाट जनही २५ हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितहरुलाई २०८१ मंसिर ३० गते यौन दुरुपयोग गरेको भन्दै पीडित पक्षले पुस १ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मंसिर १ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई पुस १ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो