INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्व उजुरी

४० वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा कुटपिट गरेको भन्दै शुभकालिका गाउँपालिका–५ का ४५ वर्षीय शिjप्रसाद अधिकारी विरुद्ध पीडितले ०८२ भदै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले महिलालाई साउन २९ गते बाबुलाई बोक्सी लगाएर बिरामी गराएको भन्दै कुटपिट गरेको पीडितले बताइन । घटनाका बारेमा प्रहरीमा उजुरी दिएलगत्तै आरोपित फरार भएका छन् ।

कुटपिटबाट पीडित महिलाको घाँटी र छातिमा चोट लागेकोले साउन ३१ गते स्वास्थ्य चौकी राराकाटियामा उपचार भयो । आरोपितको खोजी कार्य जारी राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर गोविन्द चौधरीले जानकारी दिनुभयो।

अन्य

भिडियो