१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नगराई नगरपालिका- ५ का २६ वर्षीय जितेन्द्र साहलाई ०८२ भदौ ३ गते गिरफ्तार गरेको छ।
आरोपितले बालिकालाई साउन ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १३ गते इलाका प्रहरी कार्यालय फुलगाउँमा उजुरी दिएका थिए।
बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।