INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण तीन घरपरिवार विस्थापित

इन्द्रावती गाउँपालिका— २ बाहुनेपाटीमा तीन दिनसम्मको अविरल वर्षाका कारण ०८२ साउन २६ गते पहिरो जाँदा तीन घरका १४ जना विस्थापित भएका छन् ।

पहिरोले चेतकुमारी आचार्य, राजु आचार्य र गंगा आचार्यको घर जोखिममा परेकोले उहाँहरूको परिवार विस्थापित भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मधु खड्काले बताउनु भयो ।

विस्थापितहरुलाई चौतारा सागाचोकगढी नपा— ६ स्थित रेशमबहादुर आचार्यको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोबाट विस्थापित भएकाहरुको अवस्था विश्लेषण गरी आवश्यक सहयोग गरिने जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो ।

अन्य

भिडियो