INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

नरहा गाउँपालिका–३ स्थित सिरहा पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययरत १४ वर्षीय अनितेश यादवलाई विद्यालयका प्रधानाध्यापक रामप्रकाश यादवले कुटपिट गरेको भन्दै पीडित पक्षले ०८२ साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको छ ।

पीडित परिवारका अनुसार अनितेशलाई एक दिन अगाडी होस्टेलमा भर्ना गरिएको थियो । उनी साउन १९ गते बेलुका रिङ्गमा उभिदा लडेपछि सरलाई भन्न जाँदा उल्टै हात, लठ्ठीले कुटपिट गरेको बाबु रामवृक्ष यादवले बताए । कुटपिटबाट बेहोस भएका अनितेशलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले बिराटनगर रेफर गरेको थियो । बालकको थप उपचार बिराटनगर स्थित न्यूरो अस्पतालमा भएको र घाँटीमा समस्या देखिएको रामवृक्षले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरी महिला तथा बालबालबालिका सेवा केन्द्रमा आएको र प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर आकाश उप्रेतीले बताउनु भयो ।

घटनाको अनुगमन साउन २६ गते इन्सेक प्रतिनिधि दुर्गा परियार र मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले गर्नु भएको थियो ।

अन्य

भिडियो