INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालबाट फरार भएका थुनुवा गिरफ्तार

मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापाबाट गिरफ्तार भएका छन् । झापा जिल्ला दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा  ०८२ साउन २४ गते  बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए ।

तर, फरार भएको करिब १२ घण्टाभित्र उनलाई प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि साउन २३ गते राति ११:३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको झ्यालबाट साउन २४ गते बिहान सवा तीन बजे हाम फालेर उनी फरार भएका थिए ।

फरार भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली परिचालन गरिएको थियो । एसपी चिमरियाले लिम्बू भागेर भारततिर प्रवेश गर्न खोज्दै गर्दा दिउँसो २:३० बजे झापाको झापा गाउँपालिका–५ मेचे टोलबाट गिरफ्तार गरिएको बताउनुभयो ।  लागुऔषध ब्राउन सुगरसहित साउन २१ गते गिरफ्तार गरिएका लिम्बूलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो ।

अन्य

भिडियो