INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

 

लालीगुराँस नगरपालिका-३ मुसाङखेलकी ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय छोरा होमबहादुर खड्कालाई ०८२ साउन २४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका आमालाई साउन २३ गते लाठीले टाउको र हातमा प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले छोराविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

शव पोष्टमार्टमक लागि जिल्ला अस्पताल लगिएको छ ।

अन्य

भिडियो