दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन १६ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिबाना, र अपराध पीडित राहत कोष मार्फत ७५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापत भराइ दिने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले बालकलाई ०८१ जेठ १३ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई जेठ १३ गते सैनामैनाबाटै गिरफ्तार गरेको थियो ।