INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई भारततर्फ बेचबिखनका लागि लगेको आरोपमा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २५ वर्षीय हिरा माझीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट बालिकालाई साउन १६ गते उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी किशोर लम्सालले बताउनु भयो ।

बालिकालाई काठमाडौँबाट नेपाल भारत सीमा नजिक ल्याइपुर्‍याएको अवस्थामा प्रहरीले पीडित बालिकालाई उद्धार गरी माइती नेपाल संस्थामार्फत पीडित परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

अन्य

भिडियो