INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली लागेर एकको मृत्यु

राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको छ ।

Photo 2025-08-06 Saptari Police Killing

तस्करी भइरहेको भन्ने सूचनाका आधारमा खटिएका प्रहरीमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि तनावग्रस्त बनेको अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली चलाएको र सो क्रममा तिघ्रामा गोली लागी यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भयो ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएकोमा उनको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो । मृतक यादव खुवलाल जगरनाथ शक्ति आधारभूत विद्यालय, राजगढ–२ कमलपुर व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

घटनामा एक जना प्रहरी घाइते भएका छन् । झडपपछि प्रहरीले भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा नियन्त्रणमा लिएको छ ।

अन्य

भिडियो