गुल्मीदरवार गाउँपालिका–२ जुभुङ्ग स्थित काब्रेपोखरी माध्यमिक विद्यालयको खेल मैदानको पर्खाल ०८२ साउन १४ गते राति भत्किदा सन्देश विश्वकर्माको घर पूर्ण रूपमा क्षति भएको छ । घर पूर्ण रूपमा क्षति भएपछि सन्देश परिवार हाल विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् ।

घरमा सन्देशको पत्नी, छोराछोरी र फूपूसहित रहेका थिए । ‘राति खेल मैदानको पर्खाल भत्केर घर च्याप्यो । भाग्न खोज्दा ढोका खुलेन, ढोका फोरेर बाहिर निस्किएर बाँचेको विक परिवारले बताए । दुई वर्षीय छोरा र चार वर्षीया छोरीसहित विद्यालयमा आश्रय लिएर बस्न समस्या भएको विश्वकर्माले गुनासो गर्नुभयो । पर्खालले च्यापिएको घरलाई सुरक्षित भत्काउन, वरिपरि डोजर लगाएर सफा गर्न पालिकाले सहयोग गर्ने र तत्काललाई राहत प्रदान गरी केही समयपछि बासको व्यवस्थापनको काम गर्ने पालिका अध्यक्ष सरोज थापाले बताउनुभयो ।

