INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना ६ दिन कैद सजायको फैसला

पाँच वर्षीया र सात वर्षीया दुई बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ का ३५ वर्षीय कमलेश मल्लाहलाई कसुर ठहर गर्दै ६ महिना ६ दिन कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन १३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ महिना ६ दिन कैद सजाय, ६ हजार रुपियाँ जरिबाना र पीडितहरुलाई २५ हजार रुपियाँ क्षतिपूर्ति बापत भराई दिने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितहरुलाई ०८१ मंसिर ३० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाहरुको स्वास्थ्य परीक्षण पुस ३ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई पुस ३ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो