INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन ओसारपसार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला प्यूठान नगरपालिका– २ क्वाडीका २३ वर्षीय अजय गुप्तालाई ०८२ साउन १३ गते चन्द्रौटाबाट गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई विवाह गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर साउन ११ गते भारत लैजादै गर्दा गस्तीमा रहेको प्रहरीले उद्दार गरेको छ । आरोपित विरुद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो