सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौरीदेउराली गाउँपालिका–२ नाँग्रेगँगर्चेका २४ वर्षीय असले तामाङलाई प्रहरीले ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
पीडितको आमाले वैशाख ३१ गते आरोपित तापाङविरुद्ध जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएको डिएसपी मिनबहादुर घलेले बताउनु भयो । पीडितलाई वैशाख २९ गते अमला टिप्न भनी चौरीदेउराली गाउँपालिका–२ भुमेस्थान डाँडामा लगेर आरोपितले यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको डिएसपी घलेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८२ वैशाख ३१ गते धुलिखेल अस्पतालमा गरियो । आरोपितलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको डिएसपी घलेले जानकारी दिनु भयो ।