पूर्वाधार विना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा आक्रोशित विद्यार्थीरूको एक समूहले कृषि तथा वन विश्वविद्यालयमा कात्तिक २७ गते बेलुका तोडफोड तथा आगजनी गरेको छ ।
उक्त समूहले विश्वविद्यालयका डीन र परीक्षा नियन्त्रकको कार्यकक्ष तोडफोड गर्नुका साथै फर्निचरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुशिलसिंह राठौरले जानकारी दिए ।
तोडफोड र आगजनीबाट विश्वविद्यालयमा ४ लाख रुपियाँ बराबरको क्षति भएको विश्वविद्यालयले जनाएको छ ।
तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, मुक्ति भण्डारी, ज्ञानेन्द्र राई, प्रवेश आचार्य, अरुण चपाई, किरणा रोकामगर, चन्दन केसी, उमेश थापा, अनिल अधिकारी र दिनेश भट्टलाई गिरफ्तार गरेको छ ।