खोटाङ घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपनमा बस्दै आएकी ३५ वर्षीया प्रमिला राईलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति सुवास राइलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
कात्तिक २५ गते राति पतिपत्नीबिच झगडा हुँदा राईले चक्कु प्रहार गरी हत्या गरेको भन्दै मृतकका माइती पक्षले कात्तिक २७ गते महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानकै क्रममा रहेको र शव पोष्टमार्टमको प्रक्रियामा रहेको महानगरीय प्रहरी वृत्त बौद्धका सई रमेश श्रेष्ठले बताए ।