INSEC Online

📅 २०८३ जेष्ठ २१

ढुङ्गा प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

लालबन्दी नपा–२ पुनर्वासका ५० वर्षीय उर्मिला पासवानलाई भदौ ८ गते ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३२ वर्षीय छोरा राजवीर पासवानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले बताउनु भएको छ ।

मादक पदार्थ सेवन गरी छोरा राजीरले ५३ वर्षीय बुवा उपेन्द्र पासवानलाई पनि ढुङ्गा प्रहार गर्दा चोट लागेको छ भने आमालाई टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

उपेन्द्रको टाउकोमा चोट लागेकोले उपचारका लागि लालबन्दी नपा–१ स्थित मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

ढुङ्गा प्रहार गरेको आरोपमा राजवीरलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कुँवरले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा भदौ ८ गते भएको प्रहरीले जनायो ।

अन्य

भिडियो