INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिद्वारा गोली प्रहार गरी पुजारीको हत्या

माधवनारायण नपा–२ खेसरहीयास्थित हनुमान मन्दिरको पुजारी ६५ वर्षीय श्रीराम साहलाई भदौ ३ गते राति खाना खाइरहेको बेला अपरिचित व्यक्तिले कञ्चटमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले बताउनु भएको छ ।

पुजारीको पत्नीको मृत्यु भएको र बालबच्चा पनि नभएकोले मन्दिरमा एक्लै बस्दै आउनु भएको थियो । हनुमान मन्दिरका पुजारी साहलाई गोली हानी हत्या गरेपछि भदौ ४ गते बिहान प्रदेश प्रहरीको कुकुर टोली घटनास्थल पुगी घटनाको प्रारम्भिक अनुसन्धान गरेको डिएसपी श्रेष्ठले बताउनु भयो । हत्या घटनामा संलग्न दोषीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

कुकुरसहितको प्रहरी टोलीले घटनाको सुक्ष्म अनुसन्धानमा सघाउने तथा दोषी पत्ता लगाउने कार्यमा मदत गर्छन्, हाल पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लगिएको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी श्रेष्ठले बताउनु भयो । हालसम्म कसैले उजुरी दर्ता नगरेको श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो