जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत अहेव २५ वर्षीय प्रेम भण्डारीलाई भदौ १ गते राती तीन जना युवाले कुटपिट गरेका छन् ।
सिमकोट गाउँपालिका –२ ठेहेका भण्डारीलाई सिमकोट गाउँपालिका–६ का २५ वर्षीय आशिष रावत, २६ वर्षीय अखिल रोकाया र सोही गाउँपालिका–२ ठेहेका २१ वर्षीय करण सुनारले कार्यालयमै गएर कुटपिट गरी घाइते बनाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
डिउटीमै रहेको अवस्थामा अहेवलाई कुटपिट गर्दा टाउकोमा आठ वटा टाँका लगाइएको प्रमुख सिंहको भनाई छ ।
उहाँका अनुसार कार्यालयको इमरजेन्सी कोठाको ढोका समेत तोडफोड गरिएको छ । घटनाका आरोपित विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रमुख सिंहले जानकारी दिनुभयो ।
घटनाका आरोपित आशिष र करणलाई प्रहरीले भदौ २ गते नै गिरफ्तार गरेको र फरार रहेका अखिल रोकायाको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो ।

