INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरेको घटनाका आरोपित काङ्ग्रेसका क्षेत्रीय सभापति विरुद्ध उजुरी

बाह्रविसे नपा–९ निवासी सोही नगरपालिकामा रहेको आइसोलेसन केन्द्रका लागि खाना पकाउने काम गर्दै आएका २९ वर्षीय लालबहादुर तामाङले ०७७ भदौ १ गते दिउँसो बाह्रविसे नपा–३ निवासी नेपाली काङ्ग्रेस १ नम्वर क्षत्रीय सभापति ४१ वर्षीय बालकृष्ण बस्नेतले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिनु भएको छ ।

आइसोलेशन केन्द्रबाट नगरपालिकामा जानलाग्दा बाह्रविसे बजारको चण्डेश्वरी चोकमा पुग्दा कुटपिट गरी मार्ने धम्की दिएको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको बाह्रविसे नगरपालिका उपप्रमुख सुशिला पाख्रिनले बताउनु भयो ।

काङ्ग्रेस नेता बस्नेतले आफूलाई बाटोमा हिँडिरहेको बेलामा लात्तिले हानी मार्ने धम्की दिएको पीडितले बताउनु भयो । हाल आरोपित फरार भएकाले खोजी गर्ने काम भइरहेको र आरोपित सम्पर्कमा आएपछि घटनाको अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

अन्य

भिडियो