१७ वर्षीया पत्नीलाई कुटपिट गरी गर्भ पतन गराएको आरोपमा प्रहरीले रुन्टिगढी गाउँपालिका –३ मसिनाका २३ वर्षीय सोनु विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले साउन २९ गते घरयासी विवादमा कुटपिट गरेको भन्दै पीडित पक्षले साउन ३० गते इलाका प्रहरी कार्यालय, रुण्टीगढीमा उजुरी दिएका थिए ।
कुटपिटबाट टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज चापागाईंले बताउनु भयो ।
घाइतेको सामान्य उपचार साउन ३० गते प्राथमिक स्वास्थ्य केन्द्र, होलेरीमा भयाे । थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भइरहेको छ ।