मानसिक सन्तुलन कमजोर रहेकी २५ वर्षीया महिलालाई ०७६ माघ ३ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत, तनहुँले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई साउन २९ गते साढे सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश बासुदेव पौडेलको इजलासले साउन २९ गते आरोपितलाई साढे सात वर्ष कैद र क्षतिपूर्ति बापत ५० हजार रुपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ माघ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई माघ १० गते शुक्लागण्डकी नगरपालिका बेलचौताराबाट गिरफ्तार गरिएको थियो ।
आरोपितविरुद्ध ०७६ फागुन २ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो भने उनी ०७६ फागुन ५ गते देखि पुर्पक्षकोलागि थुनामा रहेको थिए ।
पीडितको स्वास्थ्य परीक्षण माघ १० गते दमौली अस्तपालमा भएको थियो ।