जानकी गाउँपालिका–३ घर भई कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार ४४ वर्षीय गणेश चौधरीले आफूमाथि साउन २६ गते कुटपिट भएको भन्दै सोही गाउँपालिका–६ का शिरिस शाह, सुरेन्द्र शाह र ललित कडायतकाविरुद्धमा साउन २७ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजरी दिएका छन् ।
साउन २६ गते रिपोर्टिङ गरेर फर्किने क्रममा दई ओटा मोटरसाईकलमा आएका पाँच जनाले एक्कासी आफूमाथी आक्रमण गरी कुटपिट गरेको र कुटपिटबाट अनुहार र टाउकोमा चोट लागेको इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
कुटपिटबाट घाइते चौधरी कोहलपुर नर्सिङ होममा उपचारपछि साउन २७ गते घर फर्किएका छन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका इन्स्पेक्टर अरुण बमले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पत्रकारमाथि आक्रमण गर्नु निन्दनिय कार्य भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला समिति, कैलाली र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, कैलाली शाखाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा सङ्लग्न व्यक्तिहरुलाई कडा कारवाहीको माग गरेको छ ।