INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दुहुँ गाउँपालिका–३ ब्रहम्देवकी ८० वर्षीया नारुदेवी वमको साउन २१ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय छोरा नरबहादुर वमलाई गिरफ्तार गरेको छ ।

नुहाइ दिन्छु भनेर वृद्धा महिलालाई घरबाट चौपाती भन्ने ठाउँमा लगेर घाँटी थिचेर हत्या गरेको आशङ्कामा आरोपित वमलाई साउन २१ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी पदमबहादुर विष्टले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

शरिरको अन्य भागमा घाउचोट नदेखिए पनि घाँटीमा निलडाम देखिएकोले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने डिएसपी विष्टले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

दुहुँ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लालबहादुर वमले घरभन्दा केहि पर पानी भएको ठाउँमा बृद्ध महिला मृत अवस्थामा भेटिएको इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

शवको पोष्टमार्टमको लागि साउन २१ गते साँझ जिल्ला अस्पताल, दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर भाष्कर चन्दले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

अन्य

भिडियो