जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते उपचारका क्रममा मृत्यु भएको छ ।
मुटुमा समस्या देखिएपछि साउन १५ गते बिहान कोशी अस्पताल विराटनगर भर्ना गरिएका मगरको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताउनुभयो ।
जिल्ला अदालतले ०७५ पुस १५ गते मगरलाई १० वर्ष कैद सजायको फैसला गरेपछि उनी कैद भुक्तान गरीरहेका थिए ।
शवको पोष्टमार्टम साउन १५ गते कोशी अस्पताल विराटनगरमा गरी शव परिवारलाई जिम्मा लगाएको जेलर पोखरेलले बताउनुभयो ।