INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन हिंसा घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज उपमाहानगरपालिका–२२ स्थायी घरभई हाल मेलम्ची नपा–११ स्थित मोटर ग्यारेजमा मजदुरी गरी बस्ने २१ वर्षीय सरफराद मियाँलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बेलुका पीडितलाई मोटरसाइकलमा राखी घर पुर्‍याइदिन्छु भनी एकान्त ठाउँमा पुर्‍याएर यौनहिंसा गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले कात्तिक १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते मेलम्ची स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा गरिएको छ ।

अन्य

भिडियो