१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–४ का ५२ वर्षीय डम्बरसिंह साउद र सोही ठाउँका ४५ वर्षीय भोजबहादुर साउदलाई साउन १० गते गिरफ्तार गरेको छ ।
दिउँसो गाईबाख्रा चराउन गएका बेला चाउचाउ र चुइगम दिएर आफूलाई गत फागनु महिनादेखि बलात्कार गर्दै अएको बालिकाले बताएपछि आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
स्वास्थ्य परीक्षणका क्रममा बालिकाको पेटमा तीन महिनाको बच्चा रहेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र बिष्टले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयोे ।
बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते उजुरी दिएपछि अरोपित डम्बरसिंह साउदलाई साउन ९ गते र भोजबहादुर साउदलाई साउन १० गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते डडेल्धुरा अस्पतालमा गरिएको डिएसपी न्यौपाने बताउनु भयो ।