INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२० वर्षीया युवतीलाई कात्तिक ८ गते बलात्कार प्रयास गरेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३२ वर्षीय सुरेश श्रेष्ठविरूद्ध कात्तिक २५ जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको छ ।

पीडित पक्षले कात्तिक ८ गते सन्धिखर्क नगरपालिका–१ को लुम्बिनी होटलमा सुरेश श्रेष्ठले बलात्कार प्रयास गरेको भनी कात्तिक २० गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक २१ गते गिरफ्तार गरिएको र सोही दिनदेखि तिहारको विदा भएको हुँदा कात्तिक २५ गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २१ गते जिल्ला अस्पतामा गरिएको छ ।

अन्य

भिडियो