INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला गुलरिया नपा–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १५ गते पर्वत जिल्ला कुश्मा नपा–६ कुश्मा बजार स्थित एक होटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।

पीडित असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहिन भएकी थिइन । आफन्तहरुको सूचनाका आधारमा सोधखोज गर्दा घटनाक्रम पत्ता लागेपछि प्रहरीलाई खबर गरिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँग भएको फोन सम्पर्कमा बताउनुभयो ।

आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।

अन्य

भिडियो