२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ आबुँखैरेनी गाउँपालिका–२ खोलागाउँका २९ वर्षीय तुल वहादुर गुरुङलाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभनमा पारेर ०७६ चैत १२ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते गोरखा अस्पतालमा गरिएको थियो ।