INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका– ३ का २५ वर्षीय मनिकुमार राईलाई असार १४ गते दश वर्ष कैद फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारलाई कैद सजायसँगै  ४० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

आरोपितले पीडित बालिकालाई ०७६ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७६ असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले पीडित पक्षले उजुरी दिएकै दिन गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । अदालतको ०७६ असोज १८ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २२ गते गरिएको थियो ।

अन्य

भिडियो