१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नपा –९ का १८ वर्षीय शङ्कर विकलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०७६ कात्तिक १० गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २५ गते बेसीशहर नगरपालिकाको न्याय समितिमा उजुरी दिएको न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले बताउनुभयो ।
घटनापछि आरोपित फरार रहेका थिए । आरोपितलाई प्रहरीले बेसीशहर नपा–७ को क्वारेण्टाइनबाट असार ८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी डिएसपी गङ्गाबहादुर थापाले इन्सेक जिल्ला प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यलयको मुद्दा शाखाबाट जानकारी गराउनुभयो ।
उहाँले आरोपितलाई भारतबाट नेपाल आएको १५ दिनपछि गिरफ्तार गरिएको र आरोपितविरूद्ध असार १ गते जबरजस्ती करणीको मुद्दो दर्ता भइ अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा लिइएको बताउनुभयो ।
घटनाको सुरूवाती जानकारी पाएदेखिनै इन्सेक प्रतिनिधिले समन्वयात्मक भूमिका खेल्नु भएकोले अनुसन्धान मार्फत सत्य तथ्य छानबिन गरी आरोपितलाई कानून अनुसार कडा सजाय दिलाउने इन्सेकलाई विस्वस्त दिलाउनुभयो ।