INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित पार्टीको पोलिटव्यूरो सदस्य अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य तथा मेचीकोशी व्यूरो भएको आरोपमा प्रहरीले जिल्ला गोरखा अजीरकोट गाउँपालिका– ३ की ४१ वर्षीया उमा भुजेललाई असार ११ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायधीश गेहेन्द्रराज पन्तको इजलासले दुई लाख रुपियाँ धरौटीमा रिहा गरे लगत्तै जिल्ला अदालतमा सङ्खुवासभामा आरोपित विरूद्ध हातहतियार तथा खरखजाना मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरी अभिलेख रहेकाले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

गिरफ्तारीमा पर्नु भएकी भुजेलको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ११ गते गरी सङ्खुवासभा पठाइएको इन्स्पेक्टर लामाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कमा बताउनुभयो ।

अन्य

भिडियो